काठमाडौं, जेठ १४ । बंगलादेश विरुद्धको खेलमा भारतीय क्रिकेट टिमका महेन्द्रसिंह धोनीले शतक बनाएका छन् । उनले ६ छक्का र ८ चौकाको मद्दतमा ७३ बलमा शतक बनाएका हुन् । पहिलो अभ्यास खेलमा सस्तै आउट भएका उनले आज भने उत्कृष्ट प्रदर्शन गरे ।
यस्तै, आज केएल राहुलले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ९९ बलमा १०८ रन बनाए । यो खेलमा कप्तान विराट कोहली तीन रनले अर्धशतक बनाउनबाट चुके । न्यूजिल्याण्डसँगको पहिलो अभ्यास खेलमा १८ रनमै आउट भएका उनले आज ५ चौकाको मद्दतमा ४७ रन बनाए । उनलाई मोहम्मद सैफउद्दिनले आउट गरे ।
टस हारेर ब्याटिङको मौका पाएको भारतले दोस्रो अभ्यास खेलमा पनि सन्तोषजनक शुरुवात गर्न सकेन । उसले पहिलो विकेटका रुपमा शिखर धवनलाई १ रनमै गुमायो । यस्तै अर्का ओपनर रोहित शर्मा पनि आज १९ रन बनाउँदै मैदान बाहिरिए । उनले र शिखरले पहिलो अभ्यास खेलमा २–२ रन बनाएका थिए ।