विश्वकप अघि चम्किँयो वेस्ट इन्डिज, न्यूजिल्याण्डलाई ४२२ रनको लक्ष्य

काठमाडौं, जेठ १४ । आइसीसी एकदिवसीय विश्वकप अघि न्यूजिल्याण्ड विरुद्धको अभ्यास खेलमा वेस्ट इन्डिजले ४२२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाएर ४२१ रन बनायो ।

उसका लागि साई होपले ४ छक्का र ९ चौकाको मद्दतमा ८६ बलमा १०१ रन बनाए । यस्तै आन्द्रे रसेलले ५४, इभन लुईसले ५०, कप्तान जोसन होल्डरले ४७, क्रिस गेलले ३६, शिमरोन हिटमायरले २७, ड्यान ब्रोवोले २५, कार्लोश ब्रेथवेटले २४, एश्ले नर्सले २१ र निकोलस पुरनले ९ रनको योगदान दिए ।

याे पनि पढ्नुस  श्रीलंकाद्वारा स्कटल्याण्डलाई ३२३ रनको लक्ष्य

बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४, म्याट हेनरीले २, जेम्स नीशम र मिचेल सेट्नरले एक–एक विकेट लिए । 

कमेन्ट गर्नुहोस्