धोनी र राहुल चम्किँदा बंगलादेशलाई विशाल लक्ष्य

काठमाडौं, जेठ १४ । आइसीसी एकदिवसीय विश्वकप अघि बंगलादेश विरुद्धको अभ्यास खेलमा भारतले ३६० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रन बनायो । उसका लागि महेन्द्रसिंह धोनी र लोकेश राहूलले शतक बनाए ।

धोनीले ७ छक्का र ८ चौकाको मद्दतमा ७८ बलमा ११४ रनको योगदान दिए । राहुलले  ४ छक्का र १२ चौकाको सहयोगमा ९९ बलमा १०८ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ४७, हार्दिक पाण्ड्याले २१, रोहित शर्माले १९, शिखर धवनले १, विजय शंकरले २ रन लगाए ।

रविन्द्र जेडजा ११ र दिनेश कार्तिक ७ रनमा अविजीत रहे । बलिङमा बंगलादेशका शाकिव अल हसन, रुबेल हुसेनले २–२, सब्बीर रहमान, मोहम्मद सैफउद्दिन र मुस्तफिजुर रहमानले एकएक विकेट हात पारे । 
 
  

कमेन्ट गर्नुहोस्