कतारमा कार्यरत नेपालीलाई कानुन बिपरित कार्य नगर्न दूतावासको अनुरोध

दोहा, जेठ १४ । कतार स्थित नेपाली दूतावासले कतारमा कार्यरत आफ्ना नागरिकलाई कानुन बिपरितका कार्य नगर्न सचेत गराएको छ । सोमबार ८ बुँदे सचेतनापत्र जारी गर्दै दूतावासले गत शुक्रबार केही सार्बजनिक स्थलमा स्थानिय कानुन तथा संस्कृतिलाई उलङ्घन गर्दै नेपालीहरुले गरेका गतिविधिहरू अनलाइन मिडिया र सामाजिक सञ्जाल मार्फत बाहिरिए पश्चात् उक्त गतिविधि प्रति दूतावासको ध्यानआकर्षण भएको बताएको छ ।

रोजगारीका लागि आएका नेपालीहरुले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन तथा बेचबिखन गरि होहल्ला लगायतका अपाच्य व्यवहार गरेको हुँदा यस्ता ब्यक्तिहरू कानुनी कारबाहीको भागीदार बन्नसक्ने भन्दै सचेत रहन दूतावासले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्