गणतन्त्र दिवसको अवसरमा प्रचण्डद्वारा शुभकामना

काठमाडौं, जेठ १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार देशमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेका हुन् ।

याे पनि पढ्नुस  प्रचण्डको उद्घोष: समयमै काम सम्पन्न गर्ने ठेकेदारलाई पुरस्कृत गरिने

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भन्छन्, ‘बाँकी जीवन जनताको समृद्धिका निम्ति खर्च गर्छु’

उनले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

साथै सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्