प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधीको उपाधि

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको हो ।
उपाधी ग्रहण गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानको रुपमा लिएको बताए ।
उनले भने, “कोरिया सही नीति, सही दृष्टिकोण र दृढ सङ्कल्पबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो, नेपाल केही समयपछि पर्यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।” प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।

कमेन्ट गर्नुहोस्