काठमाडौं, जेठ १५ । अब देशभर रहेका महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ३ हजार रुपैयाँ यातायात भत्ता पाउने भएका छन् ।
आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य स्वयंसेविकाले ३ हजार यातायात भत्ता पाउने बताएका हुन् । अर्थमन्त्रीले अहिले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।