अब एम्बुलेन्स खरिदमा भन्सार छुट

काठमाडौं, जेठ १५ । सरकारले एम्बुलेन्स आयात तथा खरिदमा भन्सार छुट दिने भएको छ ।सरकारले हरेक स्थानीय तहमा एउटा एम्बुलेन्स सुविधा पुर्‍याउन खरिद गर्दा भन्सारमा लाग्ने कर छुट दिने भएको हो । अब स्थानीय तहले एम्बुलेन्स खरिद गर्दा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

याे पनि पढ्नुस  छ लेनको सडकमा एम्बुलेन्स नै पर्छ जाममा

अहिले धेरैजसो भारतबाट आयात गरिने एम्बुलेन्स भन्सार शुल्कका कारण महंगो पर्ने गरेका छन् । कम्तीमा बिरामीले ज्यान गुमाउनु नपरोस् भन्नका लागि सरकारले एम्बुलेन्स खरिदलाई सहुलियत दिन भन्सार छुट दिने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्