आज पनि मेघगर्जनसहित पानी पर्ने

काठमाडौं,जेठ १६ । आज पनि उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण बिहीबार बिहान मौसम बदली भई पहाडी भू–भागका केही स्थानमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

उनकाअनुसार बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बुधबार बेलुका काठमाडौं उपत्यकामा १३ मिलिमिटर पानी परेको थियो । 

कमेन्ट गर्नुहोस्