प्रधानमन्त्री ओली भारत प्रस्थान, को–को छन् भ्रमण टोलीमा?

काठमाडौं, जेठ १६ । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गरेका छन् । बिहीबार साँझ नयाँ दिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आज शीतलनिवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि उनी दिल्ली लागेका हुन् । प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल छन् ।

याे पनि पढ्नुस  मधेसी मोर्चालाई ओलीको चेतावनी-‘एमालेको कार्यक्रममा भाँजो हाले प्रतिकार’

दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानेछन्।

कमेन्ट गर्नुहोस्