काठमाडौं, जेठ १६ । आजदेखि इंग्ल्याण्डमा शुरु भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र इंग्ल्याण्डविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ ।
अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेपनि तीनै फाइनलमा पराजय भोगेको छ । त्यस्तै इंग्ल्याण्ड २ पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका भने विश्वकपमा फाईनलसम्म पुग्न सकेको छैन ।
यी दुई टिमबीचको विगत हेर्ने हो भने दक्षिण अफ्रिका अगाडि छ । हालसम्म दक्षिण अफ्रिका–इंग्ल्याण्डबीच ५९ खेल भएको छ । जसमा अफ्रिका २९ खेलमा विजयी हुँदा २६ खेलमा पराजित भएको छ । १ खेल टाई हुँदा ३ खेलको नतिजाविहिन छ । ४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् ।
इंग्ल्यान्डकाे पूरा टिमः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, मोईन अली, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स विन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, लियाम डसन, क्रिस वोक्स, मार्क वुड ।
दक्षिण अफ्रिकाकाे पूरा टिमः फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी डुमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन