मोर्गनले हासिल गरे नयाँ उपलब्धि, यस्तो गर्ने पहिलो इंग्लिश क्रिकेटर

काठमाडौं, जेठ १६ । इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान इओन मोर्गनले आफ्नो देशका लागि इतिहास रचेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय वान डे खेल खेल्दै मोर्गनले इतिहास रचेका हुन् । आजदेखि शुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा खेल्दै मोर्गनले यो उपलब्धि हासिल गरेका हुन् । उनले उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध ५७ रनको योगदान दिए । 

३२ वर्षिय मोर्गनले जम्मा २२३ अन्तर्राष्ट्रिय वान डे म्याच खेलेका छन् । यद्यपि उनले २३ म्याच भने आयरल्याण्डबाट खेलेका थिए । मोर्गनले २००६ देखि २००९ सम्म आयरल्याण्डबाट खेलेका थिए । त्यसक्रममा उनले २३ वान डे खेलमा ३५.४२ को औसतमा ७४४ रन बनाएका थिए । मोर्गनले इंग्ल्याण्डबाट वान डे क्रिकेटमा २००९ मा डेब्यू गरेका थिए ।  

कमेन्ट गर्नुहोस्