विश्वकप क्रिकेटः इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य

काठमाडौं, जेठ १६ । आजदेखि सुरु भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनायो ।

उसका लागिका ४ खेलाडीले अर्धशतक बनाए । इंग्ल्याण्डका बेन स्टोक्सले ८९, कप्तान इओन मोर्गनले ५७, जोसन रोयले ५४, जो रुटले ५१, जस बटलरले १८, क्रिस ओक्सले १३ रन बनाए । लियाम प्लेन्कट ९ र जोफ्रा आर्चर ७ रनमा अविजीत रहे।

याे पनि पढ्नुस  विश्वकप क्रिकेटः पहिलो खेलमै रोयको अर्धशतक

बलिङमा दक्षिण अफ्रिकाका लंगि एन्गिडीले ३, कागिसो रबाडा, इमरान ताहिरले २–२ र एन्डिले फेहलकवायोले १ विकेट लिए ।

कमेन्ट गर्नुहोस्