वेस्ट इन्डिजको उत्कृष्ट बलिङ, पाकिस्तान १०५ रनमै अल आउट !

काठमाडौं, जेठ १७ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पाकिस्तान १०५ रनमै समेटिएको छ । टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले २१.४ ओभरमा १०५ रन बनाउँदै सम्पूर्ण विकेट गुमायो ।

उसका लागि फखर जमान, बाबर आजमले २२–२२, रियाजले १८, मोहम्मद अफिजले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा वेस्ट इन्डिजका ओसन थोमसले ४, जोसन होल्डरले ३, आन्द्रे रसेलले २ र शिल्डन कटरेलले एक विकेट लिए । 

कमेन्ट गर्नुहोस्