विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध वेस्ट इन्डिजको शानदार जीत

काठमाडौं, जेठ १७ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा वेस्ट इन्डिज ७ विकेटले विजयी भएको छ । १०६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

उसका लागि क्रिस गेलले अर्धशतक बनाए । उनले ३ छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ५० रन जाेडे । यस्तै निकाेलस पुरनले नट आउट ३४, साइ होपले ११ र सिमरोन हिटमायरले अविजित ७ रन बनाए । बलिङमा पाकिस्तानका मोहम्मद आमीरले ३ विकेट लिए ।

याे पनि पढ्नुस  केन्यामाथि नेपालको सनसनीपूर्ण जित, ५ विकेट लिएका सन्दीप म्यान अफ दी म्याच

यसअघि टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले २१.४ ओभरमा १०५ रन बनाउँदै सम्पूर्ण विकेट गुमायो ।

उसका लागि फखर जमान, बाबर आजमले २२–२२, रियाजले १८, मोहम्मद अफिजले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा वेस्ट इन्डिजका ओसन थोमसले ४, जोसन होल्डरले ३, आन्द्रे रसेलले २ र सेल्ड्रोन कट्रोलले एक विकेट लिए । 

कमेन्ट गर्नुहोस्