‘मैले भनेको कुरा प्रधानमन्त्रीले बुझ्नु भएको छ’

विराटनगर, जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विगतको सहमति कार्यान्वयन गरेर अगाडी बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै प्रचण्डले सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताए ।

सरकार परिवर्तन हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले विगतको सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार पार्टी अगाडी बढ्ने बताए । उनले भने सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता अनुसार हामी अगाडी बढ्छौं । म पार्टीका नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्छु । अनावश्यक धु्रविकरण गर्न जरुरी छैन । मैले नयाँ कुरा होइन, पहिल्यै आएको कुरा बोलेको छु । पहिलो पटक बोलेको पनि होइन । विगतको सहमति कार्यान्वयन गरिन्छ ।

आफूले विगतमा भएको सहमतिको स्मरण गर्दा ठूलो प्रचार भएको भन्दै प्रचण्डले भने ुपार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको छु । प्रचार गर्नुपर्ने विषय बोलेको छैन् । केहीले प्रचार गर्ने, हल्ला गर्ने विषय बोलेको छैन् । मेरो कुरा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले राम्रोसंग बुझ्नु भएको छ ।

पार्टी एकताका विषयमा २० गते बस्ने सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा प्रचण्डको छ । प्रचण्डले विगतको सहमतिको कुरा उठाएपछि पछिल्लो समय नेपालको राजनीतिमा सरकार परिवर्तनको चर्चा चुलिएको छ ।

फरक प्रसंगमा प्रचण्डले भारतमा जुनसुकै व्यक्ति विदेश मन्त्री भएपनि त्यसले कुनै असर नगर्ने बताएका छन् । उनले भने भारतले नाकाबन्दीपछि राम्रोसंग बुझेको छ । भारतले पनि शिक्षा लिइसकेको छ । प्रधानमन्त्री मोदीले पनि शिक्षा लिइसक्नु भएको छ । विदेशमन्त्री को भयो भन्ने कुराले नेपालमा खासै अर्थ राख्दैन् । नेपालले पनि सम्बन्ध राम्रो बनाउनु पर्छ ।

कमेन्ट गर्नुहोस्