राजविराज जेठ १८ । बिहीबार राती आएको हावाहुरीले सप्तरीको विभिन्न स्थानका गरी करिब एक सय विद्युत् पोल र तार चुडिँदा करिब ८० लाख मूल्य बराबरको क्षति भएको छ ।
हावाहुरीले जिल्लाको विभिन्न स्थानमा ११ केभी हाइभोल्टेज ५५ पोलसहित करिब एक सय पोल भाँचिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख चन्द्रनारायाण साहले जानकारी दिए ।
हावाहुरीमा बोदेबरसाइन नगरपालिका अन्तर्गत जाजर, बराहसहित वस्तीमा ११ केभी हाइ भोल्टेज लाइनका ५५ पोल र तार चुडिएको उहाँले जानकारी दिए।
त्यस्तै लो भोल्टेजका खडक नगरपालिका ११ लालपुरमा पाँच पोल, छिनमस्तामा चार, सुरुङ्गा नगरपालिका ४ बिरनगरमा छ पोल, डाकेश्वनरी नगरपालिकामा नौ पोल, बोदेबरसाइनमा आठ पोल भाचेको उनले बताए ।
छिन्नमस्ता, कुशहा, भाटिन, पातो लगायत अन्य ठाउँमा समेतगरी करिब एक सय पोल भाचिनुको साथै तार चुडिएको बताए । क्षति विवरण संकलन भइरहेकोले थप क्षति भएको हुन सकिने उनले जानकारी दिदै विद्युत् पोलमा क्षति भएको कारण अवरुद्ध विद्युत लाइन सुचारु गर्न राती देखि नै प्रयास भइरहेको बताए ।