प्रधानमन्त्री कपः पुलिसद्वारा आर्मीलाई सामान्य लक्ष्य

काठमाडौं, जेठ १८ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुन आर्मीलाई १६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पुलिसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । 

उसका लागि कप्तान मञ्चित श्रेष्ठले सर्बाधिक नट आउट ३६, आरिफ शेखले ३४, दिपेन्द्रसिंह ऐरीले २९, दिलीप नाथले १४, अनिलकुमार शाहले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा आर्मीका शाहव आलमले ४, करण केसीले २, जितेन्द्र मुखिया, कुशल मल्ल र सुशान भारीले एकएक विकेट हात पारे । 

कमेन्ट गर्नुहोस्