प्रधानमन्त्री कपः सुरज र राशिद चम्किँदा महबुबको टिमद्वारा प्रदेश १ लाई बलियो लक्ष्य

काठमाडौं, जेठ १८ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले प्रदेश नम्बर १ लाई २६६ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६५ रन बनायो ।

उसका लागि सुरज पटेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ छक्का र ६ चौकाको मद्दतमा ७० बलमा ७८ रन बनाए । यस्तै, राशिद खानले पनि शानदार ब्याटिङ गरे । उनले ५ छक्का र २ चौकाको सहयोगमा ३१ बलमा ४७ रनको योगदान दिए ।

त्यस्तै, हसिम अन्सारी, रवि शाह, विशाल सुस्लिङले समान २०, हरिशंकर शाहले ३१ र कप्तान महबुब आलमले १९ रन बनाए । बलिङमा प्रदेश १ का पुष्प थापाले ३, सरोज बस्नेतले २, कमल खत्री, फिर्दोस अन्सारी र मुकुन्द यादवले एक–एक विकेट लिए ।  

कमेन्ट गर्नुहोस्