विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध न्यूजिल्याण्डले टस जित्यो

काठमाडौं, जेठ १८ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ । हेर्नुस्, यस्तो छ दुवै टिमको प्लेइङ– ११

श्रीलंकाले एकपटक विश्वकप जितिसकेको छ भने न्यूजिल्यान्डले हालसम्म उपाधि हात पार्न सकेको छैन । श्रीलंकाले सन् १९९६ को विश्वकपको फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि हात पारेको थियो । श्रीलंकाली टोली सन् २००७ र सन् २०११ मा पनि विश्वकपको फाइनलमा पुगेको थियो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

सन् २००७ को फाइनलमा अस्ट्रेलियासँग ५३ रनले पराजित भएको श्रीलंका सन् २०११ को फाइनलमा भने भारतसँग ६ विकेटले हारेको थियो । श्रीलंका र न्यूजिल्यान्डले सन् १९७५ मा सम्पन्न पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएका छन् ।

न्यूजिल्याण्ड सन् २०१५ को विश्वकपमा फाइनलमा पुगेको थियो ।  यी दुई टिमबीच विश्वकपमा हालसम्म भएका खेलमा श्रीलंका अगाडि देखिन्छ । विश्वकपमा अहिलेसम्म यी दुई टोलीबीच जम्मा १० खेल भएका छन् । १० मध्ये ६ खेलमा श्रीलंका र ४ खेलमा मात्र न्यूजिल्यान्ड विजयी भएको छ । तर पछिल्लो समय वान डेमा न्यूजिल्यान्ड उत्कृष्ट लयमा देखिन्छ । यसको ठीक विपरीत श्रीलंकाली टोली  लय समात्न सकिरहेको छैन ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

विश्वकपअघि अभ्यास खेलमा पनि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।न्यूजिल्याण्डले भने भारतमाथि शानदार जीत निकालेको थियो । याे पटक न्यूजिल्याण्डमा केन विलियम्सन र श्रीलंकाली टिममा दिमुथ कुरारत्ने कप्तान छन् ।  

कमेन्ट गर्नुहोस्