सोनिया बनिन् भारतीय कांग्रेस संसदीय दलकी नेतृ

एजेन्सी । संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख सोनिया गान्धी कांग्रेस संसदीय दलकी नेतृका रुपमा चुनिएकी छिन् ।

शनिबार कांग्रेसका लोकसभाका लागि नवनिर्वाचित ५२ सदस्यहरु र राज्यसभा सांसदहरुले संसदको केन्द्रीय सभामा भएको बैठकमा सोनिया गान्धीलाई कांग्रेस पार्टीको संसदीय दलकी नेतृका रुपमा चुनिएको हो । संसदीय दलमा लोकसभा र राज्यसभाका सदस्यहरु हुन्छन् ।

कांग्रेसका मिडिया सेलका प्रमुख रणदीप सिंह सुरजेवालाले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्