हावा हुरीसहित काठमाडौंमा वर्षा

काठमाडौं, जेठ १८ । हावाहुरीसहित शनिबार साँझ काठमाडौंलगायत देशका केही स्थानमा पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित पानी परेको छ ।

महाशाखाले राति देशैभरि आंशिकदेखि सामान्य बदली हुने तथा पश्चिमी भागका केही स्थानमा र मध्य तथा पूर्वी भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्