विश्व विजेता श्रीलंका न्यूजिल्याण्डसामु निरीह, १३६ रनमै अल आउट

काठमाडौं, जेठ १८ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड विरुद्धको खेलमा श्रीलंका १३६ रनमै अल आउट भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान दिमुथ करुणारत्नले सर्बाधिक नटआउट ५२ रन बनाए । यस्तै, कुशल पेरेराले २९, थिसरा पेरेराले २७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमासमेत रन बनाउँन सकेनन् ।

बलिङमा न्यूजिल्याण्डका म्याट हेनरी, लकि फग्र्युसनले ३–३, जेम्स नीशम, मिचेल सान्टनर, कोलिन डिग्राण्डहोम र ट्रेन्ट बोल्टले एकएक विकेट लिए । 

कमेन्ट गर्नुहोस्