न्यूजिल्याण्डको शानदार विजयी सुरुवात, श्रीलंका १० विकेटले पराजित

काठमाडौं, जेठ १८ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले शानदार विजयी सुरुवात गरेको छ । पूर्वविश्व विजेता श्रीलंकालाई १० विकेटले हराउँदै न्यूजिल्याण्डले शानदार विजयी सुरुवात गरेको हो ।

१३६ रनको सामान्य लक्ष्य पाएको न्यूजिल्याण्डले १६.१ ओभरमा बिनाविकेट पूरा गर्यो । न्यूजिल्याण्डको जीतमा पार्टिन गुप्टिलले २ छक्का र ८ चौकाको मद्दतमा अविजीत ७३ रन बनाए । यस्तै अर्का ओपनर कोलिन मुनरोले १ छक्का र ६ चौकाको सहयोगमा नट आउट ५८ रनको योगदान दिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दिमुथ करुणारत्नले सर्बाधिक नटआउट ५२ रन बनाए ।

यस्तै, कुशल पेरेराले २९, थिसरा पेरेराले २७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमासमेत रन बनाउँन सकेनन् ।

बलिङमा न्यूजिल्याण्डका म्याट हेनरी, लकि फग्र्युसनले ३–३, जेम्स नीशम, मिचेल सान्टनर, कोलिन डिग्राण्डहोम र ट्रेन्ट बोल्टले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्