विश्वकप क्रिकेटः अफगानिस्तानले अष्ट्रेलियालाई दियो २०८ रनको लक्ष्य


काठमाडौं, जेठ १८ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाँच पटकको विजेता अष्ट्रेलियालाई २०८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो ।

उसका लागि नजिबुल्लाह जर्दानले ५१, रहमत शाहले ४३, गुलबिन्दन नाइबले ३१, हसमतुल्लाह शाहिदीले १८, मोहम्मद नाबीले ७, रन बनाए ।

यस्तै राशिद खानले ३ छक्का र २ चौकाको मद्दतमा ११ बलमा २७ र मुजीउर रहमानले १ छक्का र १ चौकाको सहयोगमा ८ बलमा १३ रनको योगदान दिए ।

बलिङमा अष्ट्रेलियाका एडम जाम्पा, प्याट कमिन्सले ३–३, मिचेल स्टार्क, मार्कस स्टोइनिसले २–२, र मिचेल स्टार्कले १ विकेट लिए ।

अष्ट्रेलियाको अन्तिम–११ः आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान खवाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, नाथन कुल्टर नाइल, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जम्पा

अफगानिस्तानको अन्तिम–११ः मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी, गुलबदीन नाइब९कप्तान०, राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन

कमेन्ट गर्नुहोस्