इन्टरनेटको मूल्य वृद्धि गरिँदै

काठमाडौं, जेठ १९ । बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन्।

अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट उठाउने सहमती गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेका हुन् ।

साउन १ देखि इन्टरनेटको मूल्य २० प्रतिशत वढाउने तयारी भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले बताए।

याे पनि पढ्नुस  २ वर्षसम्मका लागि राजधानीमा निशुल्क इन्टरनेट

अघिल्लो वर्ष सरकारसँग सहमती गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने भट्टले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्