विश्वकप क्रिकेटः वार्नरको शानदार कमब्याक, अष्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं, जेठ १९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले शानदार विजयी सुरुवात गरेको छ ।

ओपनर डेविड वार्नरले उत्कृष्ट ब्याटिङमा पाँच पटककको उपाधि विजेता अष्ट्रेलियाले शानदार विजयी सुरुवात गरेको हो । प्रतिबन्धपछि वार्नरको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । उनी गत वर्ष बल टेम्परिङका कारण प्रतिबन्धमा परेका थिए ।

२०८ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलियलो ३४.५ ओभरमा ३ गुमाएर पूरा गर्यो । उसका लागि वार्नरले ८ चौकाको मद्दतमा ११४ बलमा ८९ रन बनाए ।

यस्तै, कप्तान आरोन फिन्चले ६६, स्टिभ स्मिथले १८, उश्मान ख्वाजाले १५ र ग्लेन म्याक्सवेलले नट आउट ४ रनको योगदान दिए । बलिङमा मुजिव उर रहमान, राशिद खान र कप्तान गुलबिन्दन नाइबले एकएक विकेट हात पारे ।  

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका लागि नजिबुल्लाह जर्दानले ५१, रहमत शाहले ४३, गुलबिन्दन नाइबले ३१, हसमतुल्लाह शाहिदीले १८, मोहम्मद नाबीले ७, रन बनाए ।

यस्तै राशिद खानले ३ छक्का र २ चौकाको मद्दतमा ११ बलमा २७ र मुजीउर रहमानले १ छक्का र १ चौकाको सहयोगमा ८ बलमा १३ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका एडम जाम्पा, प्याट कमिन्सले ३–३, मिचेल स्टार्क, मार्कस स्टोइनिसले २–२, र मिचेल स्टार्कले १ विकेट लिए । 

अष्ट्रेलियाको अन्तिम–११ः आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान खवाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, नाथन कुल्टर नाइल, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जम्पा

अफगानिस्तानको अन्तिम–११ः मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी, गुलबदीन नाइब (कप्तान), राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन

कमेन्ट गर्नुहोस्