डिजिटल नागरिक वडापत्रको उद्घाटन

धनगढी, जेठ १९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आइतबारदेखि डिजिटल नागरिक वडापत्र संचालनमा ल्याइएको छ ।

नागरिक वडापत्रको धनगढी उप–महानगरपालिकका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । डिजिटल नागरिक वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने, नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्य सम्पादन गरिसक्नुपर्ने समय सीमा लगायतका सूचनाहरु राखिएका छन् ।

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो डिजिटल नागरिक वडापत्रका लागि सहयोग गरेको हो। डिजिटल नागरिक वडापत्रको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख वडले अहिलेको समय सूचना प्रविधिको भएको बताए ।

सूचनाको हक नागरिकको मौलिक हक हो नगरप्रमुख वडले भने, ‘हरेक नागरिकले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने कामका बारेमा डिजिटल नागरिक वडापत्रबाट थाहा पाउने छन् । कुनै कुरा बुझ्नका लागि नागरिकले फाँटफाँटमा गएर सोध्नुपर्ने बाध्यताको डिजिटल नागरिक वडापत्रले अन्त्य गर्ने पनि नगरप्रमुख वडले बताए ।

सबै सार्वजनिक निकायले अनिवार्यरुपमा नागरिक वडापत्र राख्नुपर्ने हुन्छ नगरप्रमुख वडले भने, तर कतिपय कार्यालयमा अहिले पनि नागरिक वडापत्र देखिदैनन् । धनगढी उप–महानगरपालिका सूचना प्रविधीको विकासमा अन्य स्थानीय सरकारभन्दा अगाडी रहेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाले आफ्नै अप्टिकल फाईवर बिछ्याउदै छ । योजनाको बारेमा जानकारी सर्वसाधारणले जानकारी लिन सकिने आईएमएस एपको प्रयोग गरिएको छ नगरप्रमुख वडले भने, हामीले धेरै कुरा अनलाईन सिस्टममा लगेका छौं ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सेनाले डिजिटल नागरिक वडापत्र नागरिकको सजिलोका लागि भएको बताए । उनले भने, यसले प्रहरी कार्यालयका कामहरुलाइृ खुला र पारदर्शी बनाउने छ ।

कमेन्ट गर्नुहोस्