विप्लव समूहका नेता तथा पूर्वमन्त्री राई नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं, जेठ १९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

नेता राइलाई आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । धेरै दिनदेखिको छलफलपछि राईलाई पार्टी प्रवेश गराएको बताइएका् छ ।

उनी पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । राई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै राईलाई पार्टीले कारवाही गरेको थियो ।

कमेन्ट गर्नुहोस्