चर्चित गीत ‘ङोल्स्यो रामह्रानी’को छायांकन सम्पन्न

सर्वाधिक चर्चामा रहेको गुरुङ्ग भाषामा आधारित चलचित्र ‘राम्ह्रानी’को शीर्ष गीत ङ्गोल्स्यो राम्ह्रानिको छायांकन स्याङ्गजाको ठुलीभन्ज्याङ्गमा सम्पन्न भएको छ ।

नृत्य निर्देशक लब्सन गुरुङ र गणेश गुरुङको कोरियोग्राफीमा निर्माण भएको उक्त गीतलाई खिमबहादुर गुरुङले छायांकन गरेको हो । आदिम कला मञ्च पोखराको विशेस सहयोगमा उक्त गीतको सुटिङ्ग भएको छ। लगातार १३ घण्टा सम्म भएको सुटिङमा चलचित्रका नायक रामप्रसाद गुरुङ, नायिका इशा गुरुङ र नायिका सपना गुरुङ मुख्य भूमिकामा रहेका छन् । स्थानीय आमा समूह र सूर्याेदय युवा क्लबको सक्रियतामा उक्त गितलाई छायांकन गरिएको थियो ।

गुरुङ चलचित्र जगतका लोकप्रिय गायक एवं संगीतकार मनोज गुरुङको शब्द संगित तथा स्वरमा रहेको उक्त गीतमा नेपालका चर्चित गायिका मिलन मात्यको पनि आवाज रहेको छ । बजारमा व्यापक लोकप्रियता कमाइरहेको ‘ङ्गोल्स्यो राम्ह्रानी’ गीतजस्तै भिडियो पनि उत्कृष्ट बन्ने अपेक्षा सहित कम्पनीका अध्यक्ष विवेक गुरुङले यही जेठ मसान्तसम्म सो गीतको भिडियोलाई बजारमा ल्याउने तयारी गरेको बताए ।

यथार्थपरक सामाजिक घटना र प्रेमकथामा आधारित चलचित्र राम्ह्रानिले आजभन्दा ३० वर्षअगाडिको गुरुङ समुदायलाई ब्युँताउने प्रयास गरेको छ । चलचित्रको निर्माण पक्षलाई हङकङबाट जंगबहादुर गुरुङ भूपू र धनराज गुरुङले साथ दिएका छन् ।

स्वस्ती फिल्मस् प्रालिको प्रस्तुतिमा स्याङ्गजाको ओकादी र ठुलीभन्ज्याङ्गका विभिन्न स्थानमा छायांकन गरिएको उक्त चलचित्रलाई विभिन्न नेपाली चलचित्रहरुमा द्वन्द निर्देशन गरिसकेका जनक गुरुङ्गले निर्देशन गरेका हुन् । चलचित्रमा रामप्रसाद गुरुङ, सपना गुरुङ, सुशान गुरुङ, इशा गुरुङको मुख्य भूमिका रहेको छ भने स्थानीय कलाकारहरुले पनि स्क्रिन शेयर गरेका छन् ।

कमेन्ट गर्नुहोस्