प्रधानमन्त्री ओली जेठ २५ गते युरोप जाँदै, कस्तो छ भ्रमण तालिका ?

काठमाडौँ जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको छ । यही जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुनका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  को–को पुगे अस्पताल प्रधानमन्त्री ओलीलाई भेट्न ?

एक हप्ता लामो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायत, फ्रान्स र स्विटजरल्यान्डको भ्मण गर्ने कार्यक्रम रहेको छ । जेठ २५ गते अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी भएपछि स्विटजरल्यान्डमै उच्चस्तारीय राजनीतिक भेटघाटमा प्रधानमन्त्री व्यस्त हुने मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

याे पनि पढ्नुस  देउवा सरकारमा एमाले पनि आउन चाहन्छ : केपी ओली

प्रधानमन्त्री ओली जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट र अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ। त्यस्तै रराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री जेठ २९ गते फ्रान्स जाने त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली आउँदो असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको पनि मन्त्रालय जनाएको छ।

कमेन्ट गर्नुहोस्