दक्षिण अफ्रिका र बंगलादेश भिड्दै, टिममा को–कोले पाए मौका?

काठमाडौं, जेठ १९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेविरुद्धको खेलमा दक्षिण अफ्रिकाल टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लण्डनमा शुरु भएकाे छ । आजको टिममा को–कोले पाए मौका? हेर्नुस् अन्तिम ११

यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो । यता, बंगलादेशको लागि भने यो पहिलो खेल हो । दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । 

त्यस्तै, बंगलादेश भने आफ्नो पहिलो खेलमै दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवात गर्न चाहन्छ । तुलनात्मक रुपमा बंगलादेशभन्दा दक्षिण अफ्रिका बलियो टिम हो । दक्षिण अफ्रिकासँग कप्तान फाफ डु प्लेसिस, इमरान ताहिर, हसिम अमला, डि कक, जेपी डुमिनी, डेभिड मिलरजस्ता अनुभवी खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्