रुसको बम कारखानामा शक्तिशाली विस्फोट हुँदा ३८ घाइते

मस्को, जेठ १९ । रुसमा बम बनाउने कारखानामा विस्फोट हुँदा ३८ जना घाइते भएका छन् ।

जसिंक शहरमा रहेको जेएससी क्रिस्टल रिचर्स इन्सच्टीच्युट बम कारखानामा ठूलो विस्फोट भएको बताइएको छ। इन्टरफ्याक्स समाचार संस्थाका अनुसार त्यस कारखानामा शक्तिशाली बमको उत्पादन गरिन्छ । विस्फोटपछि इन्सच्टीच्युट पुरै नष्ट भएको जनाइएको छ।

आपतकालीन मन्त्रालयले घटनामा कसैको मृत्यु नभएको बताएका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्