प्रधानमन्त्री कपः दिपेन्द्र चम्किँएपछि प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं, जेठ १९ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश २ विरुद्ध नेपाल पुलिस क्लब १५६ रनले विजयी भएको छ । कीर्तिपुर स्थित टीयु मैदानमा भएको खेलमा पुलिसका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि पुलिसले १५६ रनले विजयी भएको हो । जीतसँगै पुलिस समूह ‘बी’ बाट सेमिफाइनल प्रवेश गरेको छ ।  

२५४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको प्रदेश २ ले २९ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । उसका लागि हरिशंकर शाहले २९, महबुबु आलमले २१, रवि शाहले १५, सुरज पटेलले १२ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा पुलिसका दिपेन्द्र ऐरीले १० मा १ मेडन ओभरसहित २८ रन दिएर ५ विकेट लिए । यस्तै, ललितनारायण राजवंशीले ३, कुसल भुर्तेल र सुनिल धमालाले एकएक विकेट हात पारे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनायो ।

पुलिसका लागि अमित श्रेष्ठले ५०, सुनिल धमालाले ४३, अनिलकुमार शाहले ३७, कुसल भुर्तेलले ३५, आरिफ शेखले ३२, दिपेन्द्रसिंह ऐरीले १८ र पवन सराफले १३ रन बनाए । बलिङमा प्रदेश २ का  सम्साद शेखले ४, राशिद खानले २, महबुबु आलम, दिभ्याशुं मल्लिक र कुमार थापाले एकएक विकेट लिए । 

कमेन्ट गर्नुहोस्