सानेपामा भयानक दुर्घटना, एक जनाको ज्यान गयो

काठमाडौं, जेठ १९ । ललितपुरको सानेपामा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तीनवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको अवस्था पनि अत्यन्त चिन्ताजनक रहेको छ ।

सुरुमा दुईवटा जिप ठोक्किँएको र त्यसपछि अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्