सानेपामा सवारी दुर्घटना, पत्रकारसहित २ जनाको मृत्‍यु

काठमाडौं, जेठ १९ । ललितपुरको सानेपा स्थित नयाँ बाटोमा भएको सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ।

घटनामा परी मृत्यु हुनेमा ललितपुर गोदावरी निवासी गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मूडभरी रहेका छन्।

शर्मा कृषि पत्रकार हुन् । कोटेश्वरबाट बल्खुतर्फ आउँदै गरेको स्कर्पियो गाडिले बल्खुबाट काटेश्वरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कमेन्ट गर्नुहोस्