विश्वकप क्रिकेटः बंगलादेशले दियो दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य


काठमाडौं, जेठ १९ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रन बनायो । बंगलादेशले हालसम्मको विश्वकप संस्कणमा बनाएको यो सर्बाधिक ठूलो स्कोर हो ।

आज उसका लागि मुस्फिकुर रहिमले ७८, शाकिव अल हसनले ७५, सौम्य सरकारले ४२, मोसद्दक हुसैनले २६, तमिम इग्बालले १६ रन बनाए ।

यस्तै मोहमुदुल्लाहले बिस्फोटक ब्याटिङ गरे । उनले १ छक्का र ३ चौकाको मद्दतमा ३३ बलमा अविजित ४६ र मेहदी हसनले नट आउट ५ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिर, एन्डिले फेहलकवायो र क्र्र्रिस मोरिसले २–२ विकेट लिए । केही बेरमा दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्