एक हप्ताका लागि विद्यालय बन्द (निर्णयसहित)

कैलाली, जेठ १९ । अत्यधिक गर्मी बढेपछि कैलालीको धनगढी उप–महानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । 

गर्मीका कारण विद्यार्थीको पठनपाठन र आवत–जावतमा समस्या भएको भन्दै धनगढी उप–महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  विद्यालयमा अन्धाधुन्द गोली चल्दा १७ विद्यार्थी मारिए

जेठ २० देखि जेठ २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको उप–महानगरपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उप–महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधन सहित नियम ८५ को ३) बमोजिम हिउँदे वा बर्षे विदाबाट कट्टा हुने गरि विदा दिन पाउने ब्यबस्था रहेको बताए ।

याे पनि पढ्नुस  नगरपालिकाको निर्णय: जनप्रतिनिधिका छोराछोरी बोर्डिंग पढ्न नपाउने

कमेन्ट गर्नुहोस्