श्रीमती र छोरा बेच्नेलाई साढे ३८ वर्ष कैद, ३ लाख जरिवाना

दैलेख, जेठ १९ । भारतको बैंगलोरमा श्रीमती र छोरा बेच्ने दैलेखको भैरवी गाउँपालिका–४ का २१ वर्षीय टेकराज पुरीलाई साढे ३८ वर्ष कैद र तीन लाख जरिवाना गरिएको छ । उनलाई जिल्ला अदालत दैलेखले आइतबार सो सजाय सुनाएको हो ।

विस २०७४ माघमा पुरीले श्रीमती र छोरालाई २ लाख २० हजार भारतीय रुयैयाँमा बेचेको भन्दै ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो । सोही आधारमा मानव बेचबिखन सम्बन्धी जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाएको हो ।

याे पनि पढ्नुस  यी हुन शौचालय नै नभएका दैलेखका ११ स्थानीय तह

फैसलाअनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१) बमोजिम १५ वर्ष कैद एक लाख जरिवाना, सोही ऐनको दफा १५ (४) बमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७ (१) बमोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत दैलेखका प्रवक्ता विनोद आचार्यले जानकारी दिए । प्रेमविवाह गरी भारत पुर्याएर २०७४ माघमा उनले श्रमती र छोरालाई बेचेका थिए ।

याे पनि पढ्नुस  यी हुन शौचालय नै नभएका दैलेखका ११ स्थानीय तह

माइती नेपालको पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयले भदौ ३ गते जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो ।

कमेन्ट गर्नुहोस्