भारतीय कप्तान कोहली अपरिपक्व र रिसाहाः कागिसो रबाडा

एजेन्सीः दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडाले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अपरिपक्व र रिसाहा भएको बताएका छन् ।

विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र दक्षिण अफ्रिकाबीच जुन ५ मा खेल हुनुभन्दा केहीअघि रबाडाको यस्तो बताएका हुन् । ‘द क्रिकेट मन्थली’ मेगजिनलाई दिएको अन्तर्वार्तामा रबाडाले विराट राम्रो खेलाडी भए पनि मैदानमा उनको व्यवहार रिसाहा र आक्रामक हुने गरेको बताए ।

याे पनि पढ्नुस  क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली

एउटा खेलका बेला कोहली र आफूबीच वाकयुद्ध भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘एक खेलका बेला उनले मेरो एउटा बलमा बाउन्ड्री लगाए अनि केही अप्रिय शब्द भने । तर त्यसको जवाफ फर्कायो भने उनी रिसाउँछन् ।’ ‘सायद यस्तो गर्दा उनको आक्रामक खेलमा मद्दत पुग्छ होला तर यो एकदमै अपरिपक्व कुरा हो,’ रबाडाको भनाइ छ ।  

याे पनि पढ्नुस  क्रिकेटमा गतिला गणितमा अगतिला विराट कोहली

कमेन्ट गर्नुहोस्