मलेसियासँग नेपाल २–० ले पराजित

काठमाडौं, जेठ १९ फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासँग २–० गाेलले पराजित भएको छ । पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा नेपालले सम्हालिन नसक्दा पराजित हुन पुग्यो । दोस्रो हाफमा मलेसियाले पेनाल्टीमार्फत अग्रता बनाउन सफल भयो ।

नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई फाउल गरेपछि उसले खेलको ४९ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यस्तै, खेलको ८२ औं मिनेटमा नेपालमाथि दोस्रो गोल गर्दै मलेसिया जीत नजिक पुग्यो ।

मलेसियाका लागि दोस्रो गोल साहरुल शानले गर्न सफल भए । मलेसियासँगको खेलमा नेपालका अभिषेक रिजालले डेब्यू गरेका छन् । पहिलो पटक टिममा अटाएका प्रदर्शन राम्रो गरे पनि गोल गर्न भने असफल रहे ।  

कमेन्ट गर्नुहोस्