डेनमार्कको निर्वाचन पर्यवेक्षणका लागि उपसभापति निधि प्रस्थान

काठमाडौं, जेठ २० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् ।

डेनिस इन्स्टिच्यूट फर पार्टी एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधि कोपनहेगन प्रस्थान गर्नु भएको हो ।
डेनमार्क भ्रमणका क्रममा निर्बाचनको अघिल्लो जुन ४ मा इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उपसभापति निधिले त्यहाँका मतदाता, युवा, महिला लगायतका समूहसँग भेटेर कुराकानी गर्ने भएका छन् ।

यसैगरी चुनावको दिन बिहीबार मतदान मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनाबको भोलिपल्ट राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया गर्नु हुने छ । नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो ।

जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो । नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।

कमेन्ट गर्नुहोस्