प्रधानमन्त्री कपः सुदूरपश्चिमद्वारा पारसको टिमलाई सामान्य लक्ष्य

काठमाडौं, जेठ २० । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश ३ लाई १५५ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६, कप्तान शेर मल्लले १४ रनको योगदान दिए ।

बलिङमा प्रदेश ३ का सूर्य तामाङले ३, जितेन्द्र ठकुरी, प्रतिश जीसीले २–२, कप्तान पारस खड्का र नन्दन यादवले एकएक विकेट हात पारे । 

कमेन्ट गर्नुहोस्