पीएम कपः अलिनको शतकमा गण्डकीद्वारा प्रदेश पाँचलाई बलियो लक्ष्य

काठमाडौं, जेठ २० । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशका अनिल गुरुङले शतक बनाएका छन् । उनले प्रदेश ५ विरुद्ध १ छक्का र ५ चौकाको मद्दतमा १५२ बलमा ११५ रन बनाए ।

जारी प्रतियोगितामा शतक बनाउने अनिल तेस्रो खेलाडी बनेका छन् । यो सिजनमा उनीसहित ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले शतक पूरा गरिकसेका थिए ।

आज कीर्तिपुर स्थित टियू मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३४ रन बनायो । गण्डकीका लागि अनिलको ११५ रन बाहेक दिपेश श्रेष्ठले २८, गोविन्द प्रधानले २६, मेख शेनले २३, किशोर महतोले २० र सुम घिमिरेले १४ रनको योगदान दिए ।

बलिङमा प्रदेश ५ का अनिल खरेलले ९.२ आभेरमा २८ रन दिएर ५ विकेट लिए । यस्तै, बिक्रम भुषाल, कृष्ण कार्कीले २–२ र सिद्धान्त शाहीले एक विकेट हात पारे । 

कमेन्ट गर्नुहोस्