विश्वकप क्रिकेटः इंग्ल्याण्डले टस जित्यो, पाकिस्तानलाई ब्याटिङको मौका

काठमाडौं, जेठ २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि ट्रेन्ट ब्रिजमा शुरु हुँदैछ ।

आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जीतको खोजीमा हुनेछ । यसअघि उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रले पराजित गरेको थियो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

पाकिस्तान भने पहिलो जीतको खोजिमा छ । उसले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको नमिठो हार ब्यहोरेको थियो ।

आजको खेलमा घरेलु इंग्ल्यान्डलाई पराजित गर्नु पाकिस्तानको लागि कठिन छ । केही दिनअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तानले इंग्ल्यान्डसँग ४–० ले सिरिज हारेको थियो । 

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्