पाकिस्तान र इंग्ल्याण्ड भिड्दै, टिममा को–कोले पाए मौका?

काठमाडौंः आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि ट्रेन्ट ब्रिजमा शुरु भएकाे छ । टिममा आज को–कोले पाए मौका? हेर्नुस्– 

आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जीतको खोजीमा हुनेछ । यसअघि उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रले पराजित गरेको थियो । पाकिस्तान भने पहिलो जीतको खोजिमा छ । उसले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको नमिठो हार ब्यहोरेको थियो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

आजको खेलमा घरेलु इंग्ल्यान्डलाई पराजित गर्नु पाकिस्तानको लागि कठिन छ । केही दिनअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तानले इंग्ल्यान्डसँग ४–० ले सिरिज हारेको थियो । 

कमेन्ट गर्नुहोस्