प्रधानमन्त्री कपः सुदूरपश्चिमलाई हराउँदै पारसको टिम सेमिफाइनलमा

काठमाडौं, जेठ २० । पारस खड्का कप्तान रहेको प्रदेश ३ काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको सेमिफाइनल प्रवेश गरेको छ । आज सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै पारस कप्तान रहेको प्रदेश ३ सूमह एकको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

उसका लागि इशान पाण्डेले ५३, आदिल खानले नट आउट ३३, पारस खड्काले २६, रविन जोशीले १३, रित गौतमले १० र जितेन्द्रसिंह ठकुरीले अविजीत १२ रनको योगदान दिए । बलिङमा सुदूरपश्चिमका विकास आग्री, कप्तान शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक–एक विकेट हात पारे । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

उसका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६, कप्तान शेर मल्लले १४ रनको योगदान दिए । बलिङमा प्रदेश ३ का सूर्य तामाङले ३, जितेन्द्र ठकुरी, प्रतिश जीसीले २–२, कप्तान पारस खड्का र नन्दन यादवले एकएक विकेट हात पारे । 

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्