प्रधानमन्त्री कपः सौरभको उत्कृष्ट प्रदर्शनमा गण्डकीविरुद्ध प्रदेश ५ विजयी

काठमाडौंः तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले हराएको छ । सौरभ खनालको उत्कृष्ट प्रदर्शनका कारण प्रदेश ५ ले गण्डकीलाई ३ विकेटले हराउन सफल भयो । २३५ रनको लक्ष्यका साथ मैदान उत्रेको प्रदेश ५ ले ४९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि सौरभ खनालले १२ चौकाको मद्दतमा ११२ बलमा ९० रन बनाए । यस्तै, प्रनित थापा मगरले ४५, निश्चल चौधरीले ३३, सन्दीप सुनारले १३, सुविन्दु पाण्डेले ११, कृष्ण कार्कीले १३ र प्रकाश केसीले नट आउट ७ रनको योगदान दिए । बलिङमा गण्डकीका किशोर महतोले २, दिपेश श्रेष्ठ, विशाल पौडेल र गोविन्द प्रधानले एकएक विकेट हात पारे । 

यसअघि कीर्तिपुर स्थित टियू मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३४ रन बनायो । गण्डकीका लागि अनिलको ११५ रन बाहेक दिपेश श्रेष्ठले २८, गोविन्द प्रधानले २६, मेख शेनले २३, किशोर महतोले २० र सुम घिमिरेले १४ रनको योगदान दिए ।

बलिङमा प्रदेश ५ का अनिल खरेलले ९।२ आभेरमा २८ रन दिएर ५ विकेट लिए । यस्तै, बिक्रम भुषाल, कृष्ण कार्कीले २–२ र सिद्धान्त शाहीले एक विकेट हात पारे । 

कमेन्ट गर्नुहोस्