काठमाडौं, जेठ २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ३४९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनायो ।
उसका लागि मोहम्मद अफिजले ६२ बलमा ८४, बाबर आजमले ६६ बलमा ६३, कप्तान सरफराज अहमदले ४४ बलमा ५५, इमाम उल हकले ५८ बलमा ४४, फखर जमानले ४० बलमा ३६ र आशिफ अलिले ११ बलमा १४ रन बनाए ।
यस्तै, सोयव मलिकले ८, वहाब रियाजले ४, हसन अलि र सादव खानले नटआउट १०–१० रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका मोइन अलि, क्रिस ओक्सले ३–३, मार्क उडले २ विकेट लिए ।