रंगशालामा डोजरः पक्राउ परेका १४ जना रिहा

चितवन, जेठ २० । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन् । उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय चितवन मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमारथापाले जानकारी दिए ।

जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ रहेको प्रहरीले जनाएको छ । 


मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको प्रहरी निरीक्षक थापाले बताए । डोजर काण्डका मूख्य अभियोगी प्रकाश कँडेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके भने हिरासतमै छन् । अभियोग प्रमाणित भए तीन बर्ष जेल, ३० हजार जरिवाना र क्षतिपूर्ति भराउने सजाय हुनेछ । 

कमेन्ट गर्नुहोस्